मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एजेन्डा तय गरेर सकियो नेकपा सचिवालय बैठक, नारायणकाजी भन्छन्– बैठक बस्नु नै ठूलो कुरा हो

एजेन्डा तय गरेर सकियो नेकपा सचिवालय बैठक, नारायणकाजी भन्छन्– बैठक बस्नु नै ठूलो कुरा हो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर बसेर सकिएको छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर बसेर सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बसेको बैठक आधा घण्टाजति मात्र बसेर सकिएको हो। 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले छलफलका लागि कार्यसूची तय गरेको बताए। ‘पार्टीमा उत्पन्न संकट र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्ने निष्कर्ष निकालिएको छ। स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन, कोरोना महामारीले उत्पन्न स्वास्थ्य र आर्थिक संकट, रअ प्रमुख सामन्तकुमार गोयलको भ्रमण आदि एजेन्डामा छलफल गर्ने सहमति भएको छ। त्यसमा पनि मुख्य कार्यसूची पार्टीमा उत्पन्न संकट नै हो,’ श्रेष्ठले भने।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ जना सचिवालय सदस्यले बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र, जवाफमा ओलीले दाहाललाई पठाएको पत्र, त्यसमा दाहाललले दिएको प्रत्युत्तर र समस्या समाधानका लागि दाहालले तयार गरेको प्रस्ताव आजको बैठकमा सचिवालय सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले तिनको अध्ययनपछि गम्भीर रुपमा समग्रतामा छलफल गरिने बताए। 

अहिलेको लागि बैठक बस्नु नै ठूलो कुरा भएको प्रवक्ता श्रेष्ठको भनाइ थियो। लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सचिवालय बैठक बसेको हो।

२६ भदौको पार्टी स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि दाहाल पक्षको निष्कर्ष छ । 

नेकपा सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने तय भएको छ।


 

प्रकाशित: Nov 13, 2020| 11:30 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।