मंगलबार, भदौ १६, २०८३

आठ हजार संक्रमितमात्रै संस्थागत आइसोलेसनमा 

कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दो क्रममा छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दो क्रममा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज शुक्रबारको तथ्यांकअनुसार ३७ हजार २२ जना सक्रिय संक्रमितमध्ये २९ हजार ४९ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९७३ जना संस्थागत आइसोलेसनमा छन्। 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ७४३ जना होम आइसोलेसनमा छन्।

प्रदेश १ मा ४ हजार ३२, प्रदेश २ मा ८९७, गण्डकीमा १ हजार ८१६, लुम्बिनी प्रदेशमा २२३७, कर्णाली प्रदेशमा २८५ र सुदूरपश्चिम प्रदेशमा १०३९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Nov 13, 2020| 11:04 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।