मंगलबार, भदौ १६, २०८३

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं- लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ।

अहिले अपरान्ह ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो। बैठकमा छलफलका लागि कुनै ठोस एजेण्डा तय नभएको स्रोतले जनाएको छ। 

तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपीशर्मा ओलीको कार्यशैली र पूर्व सहमतिको पालना नगरेको विषय जोडदाररुपमा उठाउने तयारी गरेका छन्।  

त्यसका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु आफ्नो रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसहितका बहुमत सचिवालय सदस्यहरू ओलीले पार्टीभित्र सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएपछि रूष्ट छन् ।

२६ भदौको पार्टी  स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि उनीहरुको निष्कर्ष छ। 
 

प्रकाशित: Nov 13, 2020| 10:40 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।