काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ५३७ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ।
शुक्रबार नेपालमा ३७ हजार २२ जना सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ।