मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवेकशील दलमा साझा पार्टीमा एकीकरणका निम्ति मतसंग्रह सम्पन्न

विवेकशील दलमा साझा पार्टीमा एकीकरणका निम्ति मतसंग्रह सम्पन्न

विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं-  विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको छ।

विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कात्तिक ५ गते संघीय समितिको बैठकले सदस्यकहाँ छलफलका लागि पठाएको थियो। 

यही कात्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) कि नगर्ने (नो) भनी मतदान गरेका थिए। 

मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो। 

विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुन सक्छ। 

यसका लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचार संहिता बनाएर विधि पद्धतिबमोजिम तयारी गरेको हो। 

मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ। 

वैकल्पिक सुसंस्कृत राजनीति भनेको भाषण र दस्ताबेजमा मात्र नभएर अभ्यासमा पनि सहभागितामूलक लोकतन्त्र, सदस्यहरूको सार्वभौमिकता र नागरिक केन्द्रित संगठन हो भन्ने दृढ विश्वास रहेको अध्यक्ष मिलन पाण्डेले बताए।

उनले भनेका छन्, 'शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गर्दैछ। यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यावहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास छ।'

प्रकाशित: Nov 13, 2020| 09:16 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।