धनगढी- बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् भने नौ जनाको मृत्यु भएको छ।
घाइते हुनेमा गाडी चालक तथा गाडी धनी बैतडी दोगडाकेदार गाउँपालिका–७ का २८ वर्षीय वीरेन्द्र कार्की, कञ्चनपुरको बेलौरी नगरपालिका–७ का २४ वर्षीय विकल कुवँर र उनका दुई वर्षीय छोरा नितेश कुवँर, कञ्चनपुर भीमदत्त नगरपालिका–६ का २४ वर्षीय दीपा चन्द, बैतडी दोगडाकेदारका २२ वर्षीय विमला बडु (जोशी) र उनका २ वर्षीय छोरा शशांक जोशी छन्।
यस्तै बैतडी डिलासैनी–१ का २० वर्षीय जनक धानुक, दार्चुला शैल्यशिखर नगरपालिका–८ का धनसिंह खत्री, दार्चुला मर्मा गाउँपालिका–२ का २४ वर्षीय जानकी सिंह, बैतडी डिलासैनी गाउँपालिका–४ का ३३ वर्षीय लोकेन्द्र बोहरा घाइते भएका छन्।
घाइते हुने अन्यमा अछाम चौरपाटी वडा नम्बर ४ का २९ वर्षीय अमृत कुमाल, कैलाली गौरीगंगा नगरपालिका–११ का २५ वर्षीय वीरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका फूलबारीका २३ वर्षीय लोकेन्द्र बस्नेत छन्।
दुर्घनटामा बैतडी पुर्चौडी नगरपालिकाका २५ वर्षीय सुरज लुहार, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का २५ वर्षीय दशरथ गिरी, शुक्लाफाँटा नगरपालिका–६ का ६५ वर्षीय नरमादेवी धामी र ५५ वर्षीय हर्कबहादुर धामी, भीमदत्त नगरपालिका–१ का ३५ वर्षीय नरेश पन्त, बेलडाँडी–३ का २२ वर्षीय नरेन्द्रसिंह साउद, भीमदत्त नगरपालिका–८ का ३० वर्षीय कल्पना कार्की र सोही ठाउँ बस्ने वर्ष ६ का कौशल साउद घाइते भएका छन्।
यस्तै, बैतडी दोगडाकेदार–७ का २७ वर्षीय अमृत विक र सोही ठाउँका २२ वर्षीय नितेश भट्ट, दार्चुला सिप्टी–४ का पुरन टमटा, काठमाडौं बस्ने वर्ष १९ का अजी लामा, काठमाडौं गोकर्णेश्वर–४ बस्ने वर्ष २२ का कर्णबहादुर बिष्ट, काठमाडौं बस्ने वर्ष २२ की अस्मिता बिष्ट घाइते भएका छन्।
घाइते हुने अन्यमा कैलालीको धनगढी उपमहानगरपालिका–१८, फूलबारीका ३५ वर्षीय दिनेश चौधरी, सोही ठाउँ बस्ने २२ वर्षीय विशाल घर्तीमगर, दार्चुला लेकम–२ का ५९ वर्षीय बलदेवसिंह कार्की, कैलाली गोदावरी नगरपालिका–२ का २९ वर्षीय यज्ञराज कठायत, गोदावरी नगरपालिका–३ का प्रकाश धामी, दार्चुला शैल्यशिखर नगरपालिका–८ का २७ वर्षीय रमेश खत्री र दार्चुला मार्मा गाउँपालिका–२ का ३ वर्षीय सिम्रन सिंह रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–८, तिलाचौरका १५ वर्षीय कृतिक कार्की, दार्चुलाको मालिकार्जुन गाउँपालिका डाँडाकोट बस्ने शिक्षक जगन्नाथ ओझा, बैतडी दोगडाकेदार गाउँपालिका–६, सित्तड बस्ने सोही गाउँपालिकाका कर्मचारी कपिन्द्रप्रसाद जोशीको मृत्यु भएको छ।
यस्तै बैतडी दोगडाकेदार गाउँपालिका–६ बस्ने प्रहरी जवान रणबहादुर चन्द, कञ्चनपुर भीमदत्त नगरपालिका–१० बस्ने बिज्नादेवी धामी, कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीका नरेन्द्र चौधरी, वडा नम्बर १४, आदर्श टोल बस्ने ऋषिराम चौधरी र बैतडी दोगडाकेदार गाउँपालिका–६, सित्तड बस्ने २७ वर्षीय करणसिंह ऐडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली सदरमुकाम धनगढी ल्याइएको छ।
उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई बिहान अस्पताल लगिएको थियो।
माया मेट्रो अस्पतालका का अध्यक्ष धीरेन्द्र साउदका अनुसार अस्पतालमा वीरेन्द्र घर्तीमगर, बिरेन्द्र चौधरी, सुरज विक, लोकेन्द्र बोहरा, पूर्ण टमटा, संगिता बिक, दशरथ गिरी, वीरेन्द्र कार्की, धनसिंह खत्री, कल्पना कार्की र उनका डेढ वर्षका छोराको उपचार भइरहेको छ।
बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस राति करिब १० बजेतिर दुर्घटनामा परेको थियो