मंगलबार, भदौ १६, २०८३

बालकुमारीको फोहोर संकलन केन्द्रमा आगलागी

ललितपुरको बालकुमारीमा रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– ललितपुरको बालकुमारीमा रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको छ।

आगलागीको कारण भने खुलेको छैन। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले दिउँसो १ बजे अचानक आगलागी भएको बताए।

‘४ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको छ,’ उनले भने,‘क्षतिको विवरण भने अझै यकिन भइसकेको छैन।’

घरहरुको बीचमा आगलागी भएको प्रहरीले जनाएको छ। भीषण आगलागी भएपछि ललितपुर प्रहरी प्रमुख सहितको टोली घटनास्थल पुगेको थियो। आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएपछि आगो फैलिएको थियो।

आगलागीको कारण पार्किङ गरेर राखेका गाडीमा क्षति पुगेको छ।

प्रकाशित: Nov 13, 2020| 08:38 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।