शुक्रबार, फागुन २९, २०८२

इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

जेरुसलेम- इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ। 

National life

इजिप्टको सिनाई प्रायद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो। दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन्। 

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ। मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन। घाइते सैनिकहरु सबै अमेरिकी छन्। 

केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ। उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ। 

एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घटना भएको थियो। 

Laxmi sunrise bank
kumari

घाइते सैनिकहरुलाई उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ। केन्द्रले हेलिकप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन। 

प्रकाशित: Nov 13, 2020| 08:25 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।