सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कारोना शून्य भनिएको हुम्लामा चार जनालाई संक्रमण पुष्टि 

कारोना शून्य भनिएको हुम्लामा चार जनालाई संक्रमण पुष्टि 

कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण शून्य भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

हुम्ला– कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण शून्य भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । 

कोरोना लक्षण भएको आशंकामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो। राति चार जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।  

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ र अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। 

पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा सङ्क्रमण देखिएको फडेराले बताए। उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन्। 

कोरोना शून्य भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो।   

कोरोना सङ्क्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो सङ्ख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो। 

हुम्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिए पनि परीक्षणका लागि स्वाब संकलन नगर्दा  सङ्क्रमित नभेटिएको अगुवाले बताउने गरेका छन्। जिल्लामा पहिलो पटक असोज ३ गते एक जना युवतीमा कोरोना सङ्क्रमण देखिएको थियो। 

प्रकाशित: Nov 13, 2020| 06:53 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।