काठमाडौं– कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला अमेरिकी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान आधुनिक पोर्टेबल भेन्टिलेटर सेट उपलब्ध गराएको छ।
कोभिड १९ विरुद्धको लँडाइमा सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राङ्गणमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
सो कार्यक्रममा मन्त्री ढकालले विपद्काबेला गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कोरोनाबिरुद्धको लँडाइमा यसले सहयोग पुग्ने विचार व्यक्त गरे।
यस अघि भारत सरकारले मन्त्रालयलाई २८ वटा भेन्टिलेटर सहयोग गरेको थियो।