सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बैतडी बस दुर्घटनाः सिकिस्त घाइते ११ जनाको धनगढीमा उपचार हुँदै 

बैतडी बस दुर्घटनाः सिकिस्त घाइते ११ जनाको धनगढीमा उपचार हुँदै 

बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति भएको बस दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली सदरमुकाम धनगढी ल्याईएको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

भीम चौधरी

भीम चौधरी

शुक्रबार, कात्तिक २८, २०७७

धनगढी–बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति भएको बस दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली सदरमुकाम धनगढी ल्याईएको छ। 

National life

उनीहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार थालिएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई आज बिहान अस्पताल पुर्याईएको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए।   

अध्यक्ष साउँदले अस्पतालमा बिरेन्द्र घर्तीमगर, सुरज बिक, बिरेन्द्र चौधरी, लोकेन्द्र बोहरा, पूर्ण टमटा, संगिता बिक, दशरथ गिरी, बिरेन्द्र कार्की, धनसिंह खत्री, कल्पना कार्की र उनका डेढ वर्षका छोराको उपचार भइरहेको बताए।   

दुर्घटनामा परि नौ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये ७ जनाको सनाखत भएको छ। अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु भएकामध्ये बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, करणसिंह ऐरी र कवीन्द्र जोशी रहेका छन्। 

Laxmi sunrise bank
kumari

यस्तै, डिलासैनी गाउँपालिका वडा नम्बर ७ घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका १० का विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरि र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ की किर्तिका कार्की रहेका छन्। 

दुर्घटनामा ३४ जना घाइते भएका छन्। बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस राती करिब १० बजेतिर दुर्घटनामा परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

मृत्यु हुनेका ७ जना पुरुष र २ जना महिला छन्। मृतकमध्ये एक जना उपचारको लागि लैजाँदै गर्दा डडेल्धुरामा मृत्यु भएको थियो। अरुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उपचारको लागि लैजाँदै गर्दा डडेल्धुरामा मृत्यु भएका एक जना बाहेक अन्यको शव जिल्ला अस्पताल बैतडी लगिएको अधिकारीले बताए।

प्रकाशित: Nov 13, 2020| 05:48 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।