सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा

बैठकमा आगामाी महाधिवेशनको तयारी, क्रियाशिल सदस्यता वितरण र विभाग गठनको विषयमा छलफल हुने भएको छ । 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यमितिको बैठक आज बस्दैछ । 

पार्टी कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा आगामाी महाधिवेशनको तयारी, क्रियाशिल सदस्यता वितरण र विभाग गठनको विषयमा छलफल हुने भएको छ । 

कांग्रेसमा महाधिवेशनको मिति तोकिएपछि पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न विभाग गठन गरेको विषयमा विवाद चर्किएको छ । यस्तै क्रियाशिल सदस्यता वितरणको विषयमा पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद छ ।

पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली का‌ंग्रेसले जनाएको छ । 

आज पनि छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको पार्टी सहमहामन्त्री प्रकाशसरण महतले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबाहेकका अन्य पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको दिनभर बसेको बैठकले सहमतिको खाका तयार पारेको नेताहरुले बताएका छान् । 

प्रकाशित: Nov 13, 2020| 05:30 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।