सोमबार, भदौ १५, २०८३

कस्तो हुनेछ आज सातै प्रदेशको मौसम ? 

 चिसो बढ्दै गएपनि आज देशका अधिकांश भू–भागको मौसम सफा रहनुका साथै घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं- चिसो बढ्दै गएपनि आज देशका अधिकांश भू–भागको मौसम सफा रहनुका साथै घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

शुक्रबार राति पनि प्रदेश १ र गण्डकी प्रदेशका केहि स्थानबाहेक अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै भोलि शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।
 

प्रकाशित: Nov 13, 2020| 02:25 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।