कार्तिक– जिल्ला प्रहरी कार्यालय सिराहाले विशेष सूचनाको अधारमा नक्कली पैसा छाप्ने प्रिन्टर सहित तीन जनालाई पक्राउ गरेको छ ।
सिराहा गोलबजार नगरपालिका ६ स्थित बीरेन्द्र महतोको घरमा डेरा गरी बस्ने कल्याणपुर नगरपालिका ७ भेडिया बस्ने २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँका २० वर्षीय संजय कुमार रायलाई ६ लाख ८४ हजार नक्कली नोट र मेसिनसहित पक्राउ गरिएको हो।
चाडपर्वको भीडभाडमा उपभोक्तालाई ठग्ने उद्देश्यले नक्कली नोट छाप्दै गरेको छन् भन्ने सूचनाका आधारमा छापामार्दा उनीहरु प्रिन्टर, ल्यापटप, कैँची, प्लाष्टिकको फोल्डिङग सानो टेबल, तीन थान स्टिलको स्केल, दुईवटा स्केल, एक थान मोटरसाइकललगायतको समाग्री सहित पक्राउ गरेको सिराहा प्रहरीले जनाएको छ।