सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी अस्पतालमा भोलिबाट कोरोनाको निःशुल्क उपचार, ज्वरो नआएकाकाे निःशुल्क परीक्षण नगरिने

सरकारी अस्पतालमा भोलिबाट कोरोनाको निःशुल्क उपचार, ज्वरो नआएकाकाे निःशुल्क परीक्षण नगरिने

सरकारले कात्तिक २४ गते कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरे पनि भोलिबाट मात्रै टेकु अस्पतालमा लागू हुने भएको छ । 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं- सरकारले कात्तिक २४ गते कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरे पनि भोलि शुक्रबारदेखि मात्रै सरकारी अस्पतालमा लागु हुने भएको छ । 

सरकारले आज (बिहीबार) निःशुल्क उपचार र परीक्षणका लागि परिपत्र गरेपछि भोलिबाट यो निर्णय कार्यान्वयन हुने भएको हो।

सबै सरकारी अस्पतालमा २६ गते नै पत्र पठाइएको र पत्रअनुसार निःशुल्क परीक्षण गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार अब लक्षण देखिएका सबै व्यक्तिको निःशुल्क कोरोना परीक्षण गरिनेछ भने सरकारी अस्पताल भर्ना भएका सबैको निःशुल्क उपचार गरिनेछ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भोलिबाट निःशुल्क उपचार गर्ने जनाएको छ। अस्पतालले आज एक सूचना जारी गर्दै २७ गते स्वास्थ्य मन्त्रालयबाट पत्र प्राप्त गरेको र भोलिबाट भर्ना भएका बिरामीको निःशुल्क कोरोनाका उपचार गर्न लागिएको जनाएको हो। 

टेकु अस्पतालले निःशुल्क परीक्षणका लागि भने ज्वरो आएको हुनुपर्ने सर्त राखेको छ। स्वास्थ्यकर्मीले ज्वरो परीक्षण गर्दा १०० डिग्री फरेनहाइट वा सो भन्दा बढी भए मात्रै निःशुल्क परीक्षण गर्ने टेकु अस्पतालले जनाएको छ। 

ज्वरो नआएका व्यक्तिले कोरोनाका परीक्षण गर्नुपरे २ हजार रुपैयाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ। कन्ट्याक ट्रेसिङमा परेका तर ज्वरो नआएका व्यक्तिहरूका हकमा के  गर्ने भन्ने सूचनामा खुलाइएको छैन। 

सक्षम र इच्छुकले परीक्षण र उपचारमा सहयोग गर्न पनि टेकु अस्पतालले अपिल गरेको छ। 

प्रकाशित: Nov 12, 2020| 14:39 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।