सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तथ्यांकमा कोरोना : जिल्लागत रूपमा संक्रमित र मृत्यु हुनेको विवरणसहित

तथ्यांकमा कोरोना : जिल्लागत रूपमा संक्रमित र मृत्यु हुनेको विवरणसहित

झापा, मोरङ, सुनसरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित सक्रिय रहेको मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं-  नेपालमा बिहीबारसम्म दुई लाख चार हजार २४२ जनामा कोरोना संक्रमण भएको छ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आजसम्म एक लाख ६४ हजार ५९२ जना कोरोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ। 

कोरोना संक्रमणबाट सिकिस्त बिरामी ८७ जनाको देशका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

यस्तै ३७३ जना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

बिहीबारसम्म सबैभन्दा बढी बागमतीमा ५८ जना भेन्टिलेटरमा छन्। यस्तै बागमतीमा १६४ जना आईसीयूमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। गण्डकी प्रदेशमा ११ जना भेन्टिलेटरमा छन् भने ६९ जना आईसीयूमा छन्। 

प्रदेश १ मा १२ जना भेन्टिलेटरमा र ४८ जना आईसीयूमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा चार जना भेन्टिलेटरमा र ६५ जना आईसीयूमा छन्। 

प्रदेश २ मा दुई जना भेन्टिलेटरमा र १४ आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।   कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिममा पाँच जना संक्रमित आईसीयूमा छन्। 

मुलुकका १२ जिल्लामा पाँच सय बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्। 

प्रदेश १ का झापा, मोरङ, सुनसरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित सक्रिय रहेको मन्त्रालयले जनाएको छ। 

गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशका दाङ र रुपन्देहीमा पाँच सय भन्दा धेरै सक्रिय संक्रमित छन् भने सुदूरपश्चिमको कैलालीमा पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। 

सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा छ। काठमाडौंमा  १७ हजार ४५ जना सक्रिय संक्रमित छन्।  

त्यस्तै ललितपुरमा दुई हजार ५१२, भक्तपुरमा एक हजार २९२, चितवनमा एक हजार ५५३, काभ्रेमा ९२१ जना सक्रिय संक्रमित छन्। 

झापामा ९३० जना, मोरङमा एक हजार ७५८ र झापामा एक हजार १४३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। 

कास्कीमा एक हजार ५६८, रुपन्देहीमा एक हजार २४४, दाङमा ७४० जना सक्रिय संक्रमित छन्। यस्तै कैलालीमा ५६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस्ताे छ बिहबारसम्मकाे देशव्यापी  विवरण

प्रकाशित: Nov 12, 2020| 14:09 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।