सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गणतन्त्रविरुद्ध नारा लगाउँदै विराटनगरमा राजावादीको शक्ति प्रदर्शन

गणतन्त्रविरुद्ध नारा लगाउँदै विराटनगरमा राजावादीको शक्ति प्रदर्शन

विराटनगरमा राजावादीले बिहीबार शक्ति प्रदर्शन गरेका छन्। गणतन्त्रविरुद्ध नारा लगाउँदै उनीहरुले राजतन्त्र माग गरेका थिए। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

विराटनगर– विराटनगरमा राजावादीले बिहीबार शक्ति प्रदर्शन गरेका छन्। गणतन्त्रविरुद्ध नारा लगाउँदै उनीहरुले राजतन्त्र माग गरेका थिए। 

सयौंको संख्यामा निस्किएको मोटरसाइल र्‍यालीले नगर परिक्रमा गर्दै राजा आउ देश बचाउको नारा लगाएका थिए। विराटनगर कञ्चनबारीबाट सुरु भएको र्‍याली पोखरिया, ट्राफिक चोक, रोडशेष चोक परिक्रमा गरी वरगाछीमा आएर कोणसभामा परिणत भएको थियो। 

र्‍यालीमा राप्रपाका केन्द्रीय सदस्यहरु केदार कोइराला, दिनेश साह, प्रल्हाद साह, विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्ज्याल, उपाध्यक्ष बल्लवप्रसाद दाहाल लगायतका नेताहरु सहभागी थिए। नेताहरुले नेपालमा राजतन्त्रको आवश्यकता भएको भाषण गरेका थिए।


 

प्रकाशित: Nov 12, 2020| 13:00 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।