सोमबार, भदौ १५, २०८३

फेसबुकमा फेक आईडी बनाई अश्लील तस्बिर पठाउने पक्राउ

 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता (फेक आईडी) बनाई बालिकालाई अश्लील सन्देश तथा तस्बिर पठाउने एक युवक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका–४ बस्ने २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको हो।

उनी काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ  परेका हुन्।

उनले बालिकाहरूको बारेमा अश्लील र अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐन बमोजिमको कसुर गरेको आरोप लागेको छ।

पक्राउ परेका अखिललाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: Nov 12, 2020| 12:49 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।