सोमबार, भदौ १५, २०८३

अंग प्रत्यारोपण समन्वय समिति अध्यक्षमा सिंह

सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. दिव्या सिंहलाई मनोनयन गर्ने निर्णय गरेको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं- सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. दिव्या सिंहलाई मनोनयन गर्ने निर्णय गरेको छ। 

२४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यक्षसहित अरु तीन जना सदस्यको पनि मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्रिपरिषदले डा. शाहलाई दुई वर्षका लागि मनोनयन गरेको जनाएका हुन्। 

यसैगरी सरकारले समितिको सदस्यहरुमा प्रा.डा. प्रेमराज ज्ञवाली, प्रा.डा. पलेस्वाँ जोशी लाखे र प्रा.डा. शंकरमान राईलाई मनोनयन गरेको छ।  डा सिंह सो समितिमा यसअघि पनि अध्यक्ष थिइन्।


 

प्रकाशित: Nov 12, 2020| 12:18 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।