सोमबार, भदौ १५, २०८३

तीनजना राजदूत संसदीय समितिबाट अनुमोदित

संसदीय सुनुवाइ विशेष समितिबाट तीनजना राजदूतको नाम अनुमोदन भएको छ। समितिको आजको बैठकले राजदूतहरुको नाम अनुमोदन गरेको हो।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिबाट तीनजना राजदूतको नाम अनुमोदन भएको छ। समितिको आजको बैठकले राजदूतहरुको नाम अनुमोदन गरेको हो।

सरकारले गत असोज १५ गते अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्मालाई राजदूतको लागि सिफारिस गरेको थियो। 

समितिले असोज २१ गते १० दिनको म्याद  दिएर उनीहरुविरुद्ध उजुरी भए दिन सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा डा. खतिवडाविरुद्ध ३ वटा र रेग्मी र विश्वकर्माविरुद्ध एक–एक वटा उजुरी परेका थिए। 

उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो। 

संसदीय समितिमा सुनुवाइका क्रममा डा. खतिवडाले आफूमाथि लागेको भ्रष्टाचारको आरोप निराधार भएको र आफूले राजदूत सरकारसँग नमागेको बताएका थिए। उनले राजदूत पद मन्त्रीसरह हुने भएकोले आफूलाई दिइएको जिम्मेवारी स्वीकारेको समेत जनाएका थिए। 

सरकारले डा. खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, एल साल्भाडार, होन्डुरस र ग्वान्टेमालका लागि गैरआवासीय राजदूतमा नियुक्तिका सिफारिस गरेको थियो।

यस्तै लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सवाना, केन्या, कंगो, तान्जानिया, जाबिया, जिम्बावेलगायत देशका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो। 

संसदीय समितिले नियुक्तिका लागि अनुमोदन गरेसँगै तीनैजना राजदूत नियुक्त हुने भएका छन्। 
 

प्रकाशित: Nov 12, 2020| 12:07 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।