सोमबार, भदौ १५, २०८३

प्रदेश १ बाट ७१ प्रतिशत संक्रमणमुक्त

प्रदेश १ बाट ७१ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। आज बिहीबारसम्ममा ७१.१७ प्रतिशत संक्रमणमुक्त भएका हुन्। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

विराटनगर– प्रदेश १ बाट ७१ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। आज बिहीबारसम्ममा ७१.१७ प्रतिशत संक्रमणमुक्त भएका हुन्। 

२३ हजार ७० जना कोरोना संक्रमित मध्ये १६ हजार ४१८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ हजार ६३२ महिला र १० हजार ७८६ पुरुष डिस्चार्ज भएका छन्। 

मोरङका ७ हजार ८९०, सुनसरीका ५ हजार ५२३, झापाका १ हजार ६९४, उदयपुरका २७१, इलामका १६२, संखुवासभाका १४४, धनकुटाका ८७, ते¥हथुमका ५२, खोटाङका ४८, भोजपुरका ४५, पाँचथरका ३८, ओखलढुङ्गा ३५, ताप्लेजुङका ३४, सोलुका १६ र प्रदेश १ बाहिरका ३७९ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथ अनुगमन समितिका संयोजक डा.रविन्द्र निरौलाले बताए।

विहीबार प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८,  विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आइसोलेसन र कालि सदन आइसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आइसोलेसनबाट २–२, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४१८ पुगेको छ।

प्रदेश १ मा विहीबार १८९ जना कोरोना संक्रमित थपिएका छन्। ८४७ जनाको पीसीआर परीक्षण गर्दा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 


 

प्रकाशित: Nov 12, 2020| 11:54 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।