सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवती हत्या प्रकरण : अभियुक्तको पहिचानपछि खोजीमा प्रहरी

युवती हत्या प्रकरण : अभियुक्तको पहिचानपछि खोजीमा प्रहरी

बुधबार राति युवतीलाई गोली प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

पर्सा– बुधबार राति युवतीलाई गोली प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोलकी १८ वर्षीय अमृता कुमारीको गए राति हत्या भएको थियो।

राति ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेको थियो। गोली लागेर घटनास्थलमै उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धी विक्रम साहका अनुसार युवतीको हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ। ०७६ फागुनमा सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग विवाह भएको थिया ।

तर असारमै उनको सम्बन्ध विच्छेद भइसकेपछि अमृता माइती लौकाहामा बस्दै आएकी थिइन्। प्रेम सम्बन्धका कारण या कुनै अर्कै कारणले घटना भएको हो, थप अनुसन्धानपछि नै भन्न मिल्ने प्रहरी उपरिक्षक साहले बताए। 

प्रकाशित: Nov 12, 2020| 11:41 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।