सोमबार, भदौ १५, २०८३

‘गोकर्ण देशे’ मा नेवा: खुला संग्रहालय

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको ऐतिहासिक राजा मानदेवले बसाएको विश्वास गरिने ‘गोकर्ण देशे’ नामक बस्तीमा नेवा:  खुला संग्रहालय निर्माण सुरु भएको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं- गोकर्णेश्वर नगरपालिका–४ मा रहेको ऐतिहासिक राजा मानदेवले बसाएको विश्वास गरिने ‘गोकर्ण देशे’ नामक बस्तीमा नेवा:  खुला संग्रहालय निर्माण सुरु भएको छ।

प्रदेश र स्थानीय सरकार साझेदारी कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छुट्याइएको ५० लाख बजेटले काम सुरु गरिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। 

ऐतिहासिक बस्तीलाई पुरानै स्वरुपमा संरक्षण गरी पर्यटक भित्र्याउने उद्देश्यले पुराना चीजबीजको संरक्षण गरी सङ्ग्रहालय निर्माण गर्न लागिएको हो। 

ऐतिहासिक बस्ती छिर्ने मूल सडकमा मूल ढोका निर्माण गरिनेछ।

‘गोकर्ण देशे’ छिर्ने बाटोमा रहेको भीमसेन र सरस्वतीको मूर्ति समेत संरक्षण गरिनेछ। 

यस क्षेत्रमा रहेको पुरातात्त्विक महत्त्वको फल्चा, कुवा, ढुङ्गेधारा मासिन थालेकाले यसको समेत संरक्षणमा स्थानीय सरकार जुटेको छ। 

विगतमा ढुङ्गाको सिँढीमा बसेर बुढापाकाले हुक्का तान्ने गरेकामा अहिले यो दृश्यसमेत यहाँ देख्न पाइँदैन । चालु आर्थिक वर्षमा पनि यहाँका ऐतिहासिक चीजबीच संरक्षणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट थप गरेको छ। रासस

प्रकाशित: Nov 12, 2020| 11:41 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।