सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलिउड अभिनेता आसिफ धर्मशालामा मृत भेटिए, आत्महत्याको आशंका

बलिउड अभिनेता आसिफ धर्मशालामा मृत भेटिए, आत्महत्याको आशंका

बलिउड अभिनेता आसिफ बसरा धर्मशालामा मृत भेटिएका छन्।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

बलिउड अभिनेता आसिफ बसरा धर्मशालामा मृत भेटिएका छन्। उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। यद्यपि, घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन। 

हिमाचल प्रदेशको काँगडास्थित एक धर्मशालामा उनको शव भेटिएको छ।

बसरा पछिल्लो ५ वर्षदेखि म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए। उनीसँग एक विदेशी महिला पनि बस्थिन्। 

आसिफ बसरा मौलिक र फरक अभिनयका कारण बलिउडका रुचाइएका कलाकार हुन्। उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा काम गरेका छन्। उनका थुप्रै टिभी सिरियल पनि प्रशारित छन्।

–नवभारत टाइम्स
 

प्रकाशित: Nov 12, 2020| 11:04 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।