सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जानकी मेडिकल कलेजमा अनसन बसेका कर्मचारी अस्पताल भर्ना

जानकी मेडिकल कलेजमा अनसन बसेका कर्मचारी अस्पताल भर्ना

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरन अनसनमा बसेका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

जनकपुरधाम- धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरन अनसनमा बसेका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ।

कलेज परिसरमै कात्तिक १६ गतेदेखि अनसनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदिप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले बुधबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको हो। 

कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै अस्पतालका दुई जना कर्मचारी अनसनमा बसेका थिए। अनशन बसेका कर्मचारीहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आईसीयूमा उपचार भइरहेको छ। 

कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प गरेका छन्। उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायत मागहरु राख्दै विगत एक महिनादेखि धर्ना समेत दिएका थिए।

प्रकाशित: Nov 12, 2020| 10:06 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।