सोमबार, भदौ १५, २०८३

८० किलो गाँजासहित कार बरामद

मकवानपुरबाट प्रहरीले कारभित्र लुकाइ राखेको अवस्थामा ८० किलो गाँजा बरामद गरेको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– मकवानपुरबाट प्रहरीले कारभित्र लुकाइ राखेको अवस्थामा ८० किलो गाँजा बरामद गरेको छ।

आज बिहान साढे २ बजेको समयमा हेटौडा उपमहानगरपालिका–१० मा रहेको  प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट गस्तीमा रहेको प्रहरी टोलीले बा ६ च १४७६ नम्बर को कार शंका लागी खोजतलास गर्ने क्रममा गाँजा बरामद भएको हो।

प्रहरी टोलीलाई देखेपछि कारमा भएका मानिसहरु कार पार्किङ गरेर भागेका थिए।

प्रहरीले स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा कारको लक तोडेर हेर्दा डिकिमा लुकाएको अवस्थामा गाँजा बरामद भएको हो। 

बरामद गरिएको गाँजा, कार र केही कागजातहरु जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ। 

प्रहरीले कारमा सवार मानिसहरुको खोजी कार्य गरिरहेको छ।

प्रकाशित: Nov 12, 2020| 07:10 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।