सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटर चढेर सदरमुकाम पुग्ने नार्पाभूमिका स्थानीयको रहर

मोटर चढेर सदरमुकाम पुग्ने नार्पाभूमिका स्थानीयको रहर

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको मनाङको नार्पाभूमि गाउँपालिकाका मानिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको मनाङको नार्पाभूमि गाउँपालिकाका मानिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर छ।

अधिकांश दैनिक उपभोग्य सामान खच्चडबाटै भित्रिने गरेको यस ठाउँमा चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चड सामान बोकेर ओहोरदोहोर गरिरहेका हुन्छन्। 

कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने क्याङ भिरमा पछिल्लो समय भने खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानीमा गरिन्छ। वर्षौँदेखि मनाङको सदरमुकाम चामेको कोतोदेखि यस गाउँपालिकाको केन्द्र र फू गाउँसम्म विकास निर्माणका सामग्री र दैनिक उपभोग्य वस्तु खच्चडबाटै ढुवानी गर्दै आएको वडा नं ५ का वडाध्यक्ष सोनम तेजे लामाले बताए।

“विकास निर्माणका सामान खच्चडबाट ढुवानी हुँदै आएको छ, नुन, तेल, चामल, सिमेन्ट, विकास निर्माणका आवश्यक सामान दैनिक खच्चडबाट महङ्गो मूल्य तिरेर गाउँसम्म पुर्याउन बाध्य छौँ,” उनले भने।

पहिले मानिसले दुई दिन लगाएर ज्यानै जोखिममा राखेर सामान ओसारपसार गर्नु पर्नेमा अहिले  खच्चडबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेको स्थानीयवासी बताउँछन्। तरकारीलगायत दैनिक प्रयोगका सामानहरु खच्चडबाट ढुवनी गर्दा समयमा नआउने, सड्ने गल्ने र कुहिने समस्या रहेको स्थानीय सोनम लाक्पा शेर्पाले बताए।

मोटर बाटो निर्माण भए यस्तो समस्या नहुने उनको भनाइ छ। उनका अनुसार निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चडबाट ढुवानी गर्दा प्रतिकेजी रु. ८० देखि ९० सम्म लाग्ने गरेको छ।

खच्चडमार्फत दैनिक छ हजारदेखि १५ हजार केजीसम्म सामान आउने गरेको स्थानीयवासीले बताएका छन्। सडकको पहुँच नपुगेको यस गाउँपालिकामा दैनिक करिब १०० देखि १५० खच्चडको प्रयोग हुँदै आएको छ।

जिल्लाका अरु सबै पालिकालाई मोटर बाटोले जोडे पनि यस गाउँपालिकामा खच्चड र मानिसले नै सामान ओसार पसार गर्नुको विकल्प छैन। स्थानीय तहको निर्वाचनपछि मोटर बाटोको ट्र्याक खोल्ने काम भए पनि एउटै भिर काट्न करोडौँ रकम खर्च गर्नुपर्ने स्थानीय तहले जनाएको छ। 

यहाँका मनिसलाई जिल्ला सदरमुकामसम्म पुग्न पनि दुई दिन लाग्छ। बिरामी परे मानिसको बुई चढ्नु वा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन। एक पोका नुन लिनसमेत खच्चड र भरिया पर्खनुपर्ने यस गाउँपालिकाका मानिसलाई गाउँबाट मोटर चढेर सदरमुकाम पुग्ने रहर सपना जस्तै भएको छ।

- रासस

प्रकाशित: Nov 12, 2020| 04:53 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।