सोमबार, भदौ १५, २०८३

प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं- प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ। 

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार उक्त हेलिप्याड निर्माण गरिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो।

साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्।

हेलिप्याड निर्माणले अब बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने थापाको भनाइ छ । 

प्रकाशित: Nov 12, 2020| 06:05 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।