सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृतिका लागि मन्त्रिपरिषदमा अध्यादेश 

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृतिका लागि मन्त्रिपरिषदमा अध्यादेश 

सरकारले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं–सरकारले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अध्यादेश स्विकृतिको प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाइसकेको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले पनि कोरोना विरुद्धको खोप  खरिद गर्ने र खोप खरिदका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति गठन गरिसकेको छ। 

अमेरिकास्थित फाइजर कम्पनीले बनाएको कोरोना विरुद्धको खोप तेस्रो चरणमा ९० प्रतिशत र रुसले पनि आफ्नो खोप ९२ प्रतिशत सुरक्षित रहेको दाबी गरेका छन्। 

डा. पोखरेलले भने, ‘आकस्मिक रुपमा प्रयोग भइरहेका औषधि र अब आउने खोप तथा औषधि नेपाल ल्याउन सहज होस् भनेर मस्यौदा तयार पारिएको हो।’  

नेपालमा हाल स्वास्थ्य अनुसन्धान परिषद्ले ट्रायल गरि ‘रेम्डिसिभिर’ औषधिलाई आकस्मिक औषधिको रुपमा प्रयोग गरेको छ। यो औषधि विश्वका अन्य देशहरूले पनि प्रयोग गरिरहेका छन्। 
 

प्रकाशित: Nov 12, 2020| 05:31 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।