सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युराेप-अमेरिकादेखि भारतसम्मै फेरि बढ्यो कोरोना, दिल्लीमा तेस्रो लहर

युराेप-अमेरिकादेखि भारतसम्मै फेरि बढ्यो कोरोना, दिल्लीमा तेस्रो लहर

कोरोना भाइरसको प्रकोप नियन्त्रणमा आउन थालिसकेको भारत, युरोपेली मुलुकहरु र अमेरिकामा फेरि संक्रमण बढ्न थालेको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

कोरोना भाइरसको प्रकोप नियन्त्रणमा आउन थालिसकेको भारत, युरोपेली मुलुकहरु र अमेरिकामा फेरि संक्रमण बढ्न थालेको छ। 

बीबीसीका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। युरोपमा सबैभन्दा बढी मृत्यु बेलायतमै भएको छ।

कोरोनाबाट हुने मृत्युको हिसाबले बेलायत विश्वको पाँचौं देश भएको छ। 

सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। दोस्रोमा ब्राजिल, तेस्रोमा भारत र चौथो नम्बरमा मेक्सिको छ। 

महामारी सुरु भएयता बेलायतमा १२ लाखभन्दा बढीलाई संक्रमण भइसकेको छ। 

यता भारतमा हिजो बुधबारसम्ममा कोरोना संक्रमितको संख्या ८६ लाख ८३ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्र करिब ४८ हजार संक्रमित थपिएका छन्। अहिलेसम्म मृतकको संख्या १ लाख २८ हजार नाघेको छ।  

नयाँ दिल्लीमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको बताइएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ८ हजारभन्दा बढी संक्रमित थपिएका छन्। अहिलेसम्म दिल्लीमा ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। 

कोरोना भाइरसबाट सबैभन्दा प्रताडित अमेरिकाको न्युयोर्कमा नयाँ प्रतिबन्धहरु घोषणा गरिएको छ। त्यहाँका मेयर बिल दे ब्लासिओले कोरोनाको दोस्रो लहर रोक्न यो आखिरी मौका हुने बताएका छन्। 

नयाँ प्रतिबन्धअनुसार बार तथा जिम राति १० बजे बन्द हुनेछन्। १० जनाभन्दा बढी समूहमा भेला हुन पाइने छैन। 

अमेरिकामा नयाँ संक्रमणको उछाल नै आएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ झन्डै ६२ हजार मानिसलाई अस्पताल भर्ना गरिएको छ। अमेरिकामा दैनिक औसत ९०० जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 

अमेरिकामा चालू महिना नोभेम्बरको १० दिनमै १० लाखभन्दा बढी संक्रमित थपिएका छन्। संक्रमितको संख्या हालसम्म १ करोड नाघिसकेको छ। मृतकको संख्या २ लाख ३९ हजार नाघेको छ।  

जानकारहरुका अनुसार निकट भविष्यमै अमेरिकाका अस्पताल कोरोना संक्रमितले भरिँदैछन्। टेक्सास, विस्कोन्सिन, मिनेसोटो, क्यालिफोर्निया, फ्लोरिडा संक्रमण तीव्र गतिमा फैलिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: Nov 12, 2020| 05:27 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।