सोमबार, भदौ १५, २०८३

रौतहटमा सुतिरहेकी युवतीको गोली हानी हत्या

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा सुतिरहेकी एक युवतीको गोली हानी हत्या भएको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

रौतहट- रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा एक युवतीको गोली हानी हत्या भएको छ। 

रामअयोध्या साहकी १८ वर्षीया छोरी अमृता कुमारीको सुतिरहेको अवस्थामा बुधबार राति गोली हानी हत्या भएको हो। उनको हत्या कसले किन गर्यो भन्ने खुल्न नसकेको रौतहट प्रहरीले जनाएको छ।

राति ११ बजेको समयमा अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए।

युवतीको घटनास्थलमै मृत्यु भएको थियाे। घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता श्रेष्ठले बताए । 

प्रकाशित: Nov 12, 2020| 03:20 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।