धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–३ गोरङ्गेमा बुधबार राति ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीय महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए । महिलाको शव टीकापुर अस्पतालमा राखिएको छ ।