सोमबार, भदौ १५, २०८३

अब दिउँसो पनि मापसे चेक हुने, १३७ ठाउँमा चेकिङ गरिने 

ट्राफिक प्रहरीले नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर दिउँसै मापसे जाच गर्नेदेखि जोर बिजोरको कडाइ साथ निगारनी गर्ने भएको हो । 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं-  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर दिउँसै मापसे जाच गर्नेदेखि जोर बिजोरको कडाइ साथ निगारनी गर्ने भएको हो । 

तिहारमा दिउँसै मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा दिउँसो पनि मापसे जाँच गर्न लागिएको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले नेपाल समयलाई जानकारी दिए । 

उनका अनुसार तिहार लक्षित थप सुरक्षा योजना लागू गरिएको छ । त्यसका लागि चेकिङ प्वाइन्ट समेत थपिएको छ । उपत्यका भरी करिब तीन दर्जन चेकिङ प्वाइन्ट थपिएको महाशाखाका प्रवक्ता एसपी यादवले बताए।

ट्राफिकका ४४ वटा युनिटले १ सय ३७ स्थानमा चेकिङ गरिराखेको छ । यसअघि सामान्य अवस्थामा करिब १ सय स्थानमा ट्राफिक चेकिङ हुने गरेको थियो । 

तिहार लक्षित सुरक्षा योजनामा काठमाडौं उपत्यका भित्र करिब १४ सय ट्राफिक प्रहरी खटिएको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ।  ट्राफिक प्रहरीले अहिले पनि जोरबिजोर प्रणाली लागू गरे नगरेको सडकमा चेकिङ गरिरहेको छ।

त्यसैगरी बस तथा टिकट काउन्टरमा यात्रुहरु माथि हुने ठगी नियन्त्रण गर्ने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।
 

प्रकाशित: Nov 12, 2020| 02:14 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।