सोमबार, भदौ १५, २०८३

कोरोनाका कारण पूर्वमन्त्री गौतमको निधन 

पोखरा पूर्वमन्त्री भीमप्रसाद गौतमको बुधबार राति निधन भएको छ । 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

पोखरा– पूर्वमन्त्री भीमप्रसाद गौतमको बुधबार राति निधन भएको छ । 

तनहुँको बन्दीपुर गाउँपालिका १ पिल्लस्थित आफ्नै घरमा राति साढे २ बजेतिर निधन भएको हो । 

निमोनिया रोगबाट ग्रसित उनमा पछिल्लो समय कोरोनासमेत पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । 

संविधानसभा सदस्य गौतम पूर्व भूमिसुधार मन्त्री हुन् । 

लामो समय कम्युनिस्ट आन्दोलनमा लागेका उनी पछिल्लो समय भने जनता समाजवादी पार्टीमा आबद्ध थिए । 

गौतम उक्त पार्टीको केन्द्रीय सल्लाहकार समिति अध्यक्ष हुन् । 
 

प्रकाशित: Nov 12, 2020| 01:59 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।