सोमबार, भदौ १५, २०८३

पूर्वराज्यमन्त्री गौचनको निधन 

पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

पोखरा– पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ। 

विसं १९९२ मा बागलुङ नगरपालिका ३ नारायणचोकमा जन्मिएका ८५ वर्षीय गौचनको उपचारका क्रममा काठमाडौंको दीर्घायु अस्पतालमा बुधबार निधन भएको हो । 

उनी विसं ०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए। गौचन ०३६ सालमा खाद्य, कृषि तथा सञ्चार राज्यमन्त्री पनि भएका थिए ।
त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए। 

गौचन ०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । ०४८ को चुनावमा गौचन कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए ।

उनी पत्रकारितासँग समेत सम्बद्ध थिए । ००८ सालमा ‘सहीबाटो’ नामको पत्रिका हातैले लेखेर प्रकाशन गरेका थिए। 

०१५ सालको आमचुनावमा बीपी कोइरालाले उम्मेदबार बनाउन खोज्दा ‘सानै उमेरको छु’ भनेर उनी उम्मेदवार हुन नचाहेको राजनीतिकर्मीहरू बताउँछन् । 

प्रकाशित: Nov 12, 2020| 01:43 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।