काठमाडौं- काठमाडौंको कलंकीमा आज एकाबिहानै पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।
बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको हो । दुर्घटना परेर १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुल्न नसकेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएका छन् । उनको पनि अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेका थिए ।