सोमबार, भदौ १५, २०८३

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११३ पुग्यो

मृत्यु हुनेमा कास्कीका ५०, नवलपुरका १९, तनहुँका १५,स्याङ्जाका नौ, गोरखाका आठ, बागलुङका आठ, म्याग्दीका दुई, पर्वत र लमजुङका एक एक जना छन्।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

पोखरा- गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ। कास्कीको रुपा गाउँपालिका ५ का ७२ वर्षीय पुरुषको बुधबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो। 

२४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र मिर्गौलाको समस्या थियो। यो सहित प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३ जना पुगेको छ।

मृत्यु हुनेमा कास्कीका ५०, नवलपुरका १९, तनहुँका १५,स्याङ्जाका नौ, गोरखाका आठ, बागलुङका आठ, म्याग्दीका दुई, पर्वत र लमजुङका एक एक जना छन्।

गण्डकी प्रदेशमा बुधबार १८२ कोरोना संक्रमित थपिएका छन्। प्रदेशका ७ जिल्लामा १८२ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । 

आज थपिने संक्रमितमा कास्कीका १४५ जना छन्। बागलुङमा २०, तनहुँमा ७, पर्वत, नवलपुर र स्याङ्जामा तीन÷तीन र लमजुङमा एक जना संक्रमित थपिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । 

गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या नौ हजार ७०३ पुगेको छ। 
 

प्रकाशित: Nov 11, 2020| 14:23 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।