सोमबार, भदौ १५, २०८३

भेटिएनन् आइसोलेसनबाट भागेका संक्रमित

पोखरा महानगरपालिकाको आइसोलेसनबाट भागेका एक संक्रमित दुई दिन बित्दा पनि भेटिएका छैनन्। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

पोखरा-  पोखरा महानगरपालिकाको आइसोलेसनबाट भागेका एक संक्रमित दुई दिन बित्दा पनि भेटिएका छैनन्। 

कृषि तालिम केन्द्र, मालेपाटनको आइसोलेसनमा बसेका ३५ वर्षे ती संक्रमित बेलुकाको खाना पछि भागेका थिए । 

उनको खोजीका लागि घरवरपर सिभिल ड्रेसमा प्रहरी खटिएर निगरानी राखेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले बताए। 

‘उनी कास्कीभित्रै लुकेर बसेको आशंकामा खोजी गरिरहेका छौं,’ उनले भने । 

बुटवल घर भई पोखरा बस्दै आएका ती संक्रमितमा १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

त्यसपछि पोखरा महानगरपालिकाले सञ्चालन गरेको मालेपाटनको आइसोलेसनमा राखिएको थियो । उनी मासु व्यवसायी हुन् ।
दसैंका बेला ल्याएको च्यांग्राको रकम भुक्तानी नगरेको आरोपमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

उक्त मुद्दामा अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।

आइसोलेसनमा आएपछि पत्नीले धरौटी रकम अदालतमा बुझाएर रिहाइको पत्र हात परिसकेको भए पनि उनी किन भागे थाहा हुन सकेको छैन। 

उनलाई कोरोना देखिएपछि श्रीमतीको जिम्मा लगाएर धरौटीमा छाडिएकाले उनी नभेटिए श्रीमतीलाई पनि कारबाही गरिने डीएसपी हमालले बताए। मालेपाटनको आइसोलेसनमा ५० जना संक्रमित बस्दै आएका छन्।
 

प्रकाशित: Nov 11, 2020| 14:10 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।