सोमबार, भदौ १५, २०८३

एक खिल्ली चुरोटमा विवाद हुँदा साथीको हत्या

प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलिदिए। कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोजे। नन्दलालले उल्टै ढुंगा खोसेर कृष्णको टाउकामा बजाइदिए। कृष्ण घाइते भए।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

पोखरा-  सिन्धुलीका नन्दलाल श्रेष्ठ डेढ महिना पहिला काम खोज्दै पोखरा आए। सुनकोसी गाउँपालिका १ दुम्जाका उनी रिक्सा लिएर पोखरा आएका थिए। यहाँ आएपछि कवाडी जम्मा गरेर बेच्न थाले। 

२३ वर्षे श्रेष्ठको दिन त्यही काममा बित्न थाल्यो। २२ कात्तिकमा उनको भेट दाङका कृष्ण चौधरी (२५) सँग भयो। दिउँसो ४ बजेबाट गफगाफमा भुले। साँझ सात बजेसँगै बसेर ‘सौफी’ नाम गरेको रक्सी पिए। कृष्णले नन्दलाललाई आफूसँगै उनको बासस्थान जान आग्रह गरे। 

कृष्ण दम्पती बसुन्धारा पार्कको प्रतीक्षालयमा बस्थे। श्रीमतीले खाना पकाउन भन्दै कृष्णले नन्दलाई बसुन्धरा पार्क लगे। तीनै जनाले खाना खाए। 

खानापछि कृष्णकी श्रीमतीले चुरोटको खिल्ली हराएको बताइन्। कृष्ण एक्कासि रिसले चुर भए। ‘किन चुरोट चोरेको ?’ भन्दै नन्दलालको पेटमा समाते। 

प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलिदिए। कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोजे। नन्दलालले उल्टै ढुंगा खोसेर कृष्णको टाउकामा बजाइदिए। कृष्ण घाइते भए। प्रहरीले १ घन्टा ढिला गरी सूचना पायो। 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले कृष्णलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लग्यो। 

उता नन्दलालको खोजीलाई प्रहरीले तीव्रता दियो। तर उनी भेटिएनन्। 

२३ कात्तिकमा कृष्णको मृत्यु भयो। त्यसबेलासम्म नन्दलालले पोखरा छाडिसकेका थिए। 

कृष्णलाई घाइते बनाएर नन्दलाल त्यहाँबाट फरार भए। उनले रिक्सा नै लिएर हिँडे। प्रहरीले उनको बारेमा सामान्य जानकारी बटुलेपछि रिक्सामै कतै भागेको आशंका गर्यो।

कास्की प्रहरीले गण्डकी प्रदेशभित्रका सबै जिल्ला प्रहरी कार्यालयमा उनको हुलियासहित खबर ग¥यो। 

नन्दलाल आफ्नै रिक्सामा भागेका थिए। उनलाई मंगलबार तनहुँको आँबुखैरेनी गाउँपालिका २ माक्र्युबाट पक्राउ गरिएको छ। 

काठमाडौं जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले बताए। 
नन्दलाललाई कर्तव्य ज्यान मुुद्दामा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित: Nov 11, 2020| 13:35 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।