सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन्दर यातायातका अध्यक्ष चेक बाउन्स मुद्दामा पक्राउ

सुन्दर यातायातका अध्यक्ष चेक बाउन्स मुद्दामा पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई पक्राउ गरेको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई पक्राउ गरेको छ।

चेक बाउन्सको मुद्दामा उनलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए। उनलाई परिसरबाट खटिएको प्रहरी टोलीले आज कालिमाटीबाट पक्राउ गरेको हो।

उनीविरूद्ध एक महिना अगाडि प्रालिकै सञ्चालक रहेका झविन्द्रप्रसाद बञ्जाडेले चेक बाउन्स गरेको भन्दै उजुरी दिएका थिए। पक्राउ परेका थापालाई परिसरको हिरासतमा राखेर बैंकिङ कसूर मुद्दामा अनुसन्धान अघि बढाइने भएको छ।

प्रकाशित: Nov 11, 2020| 12:36 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।