सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नो पक्षमा फैसला भएपछि गौतमले भने– ‘विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहनेछु’

आफ्नो पक्षमा फैसला भएपछि गौतमले भने– ‘विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहनेछु’

सत्तारुढ दल नेकपाका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो पक्षमा फैसला भएपछि सबैप्रति आभार प्रकट गरेका छन्।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो पक्षमा फैसला भएपछि सबैप्रति आभार प्रकट गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै गौतमले आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका हुन्। 
उनले आफ्नो पक्षमा बहस गर्नुहुने कानुन व्यवसायीलाई पनि धन्यवाद दिएका छन्।

‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ,’ उनले लेखेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु। मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान् कानुन व्यवसायी मित्रप्रति म कृतज्ञ छु।’

उनले यो विषय कुनै पद र प्रतिष्ठासँग नगाँसिएको भन्दै पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भएको पनि बताएका छन्।

‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहने प्रण गर्दछु’, उनले लेखेका छन्।

सम्बन्धित समाचार

अदालतको फैसला बामदेवको पक्षमा, मन्त्री बन्न बाटो खुल्यो

प्रकाशित: Nov 11, 2020| 12:26 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।