सोमबार, भदौ १५, २०८३

विराटनगरमा गुणस्तरहीन सेनिटाइजर नष्ट गरियो

विराटनगरको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको सेनिटाइजर नष्ट गरिएको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

विराटनगर– विराटनगरको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको सेनिटाइजर नष्ट गरिएको छ।

औषधि विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले अवैध सेनिटाइजर बजारमा बिक्री गर्न लैजान लागेको सूचनाका आधारमा बिक्रीमा रोक लगाइएको बताए। तर नमुना परीक्षण रिपोर्टले नै गुणस्तरहीन देखाएको उनको भनाइ छ। प्रयोग गर्न नमिल्ने सबै सेनिटाइजर बुधबार नष्ट गरिएको कट्टेलले बताए। 

उद्योगमा बुधबार दोस्रो पटक अनुगमन गर्दै बिक्रीमा रोक लगाइएको उत्पादित सेनिटाइजर नष्ट गरिएको उनले बताए। उनका अनुसार पानीको स्रोतमा हालेर नष्ट गर्दा जीवजन्तुलाई असर गर्नसक्ने देखिएपछि डाइलुसन गराएर (सेनिटाइजरमै पानी हालेर) शौचालयको सेफ्टी ट्यांकीमा हालेर नष्ट गरियो। 

मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने गुणस्तरहीन सेनिटाइजर उत्पादन गरिएको पुष्टि भएपछि विक्रीमा रोक लगाईएको हो। औषधि व्यवस्था विभागको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, उपभोक्तावादी संस्था पब्लिक फोरमलगायतको संयुक्त टोलीले अनुगमन गरेर उत्पादनमा रोक लगाएको औषधि विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत दीपेन्द्र खड्काले जानकारी दिए।

पहिलो पटक गत असोज १३ गते गरिएको अनुगमनपछि टोलीले उत्पादित सेनिटाइजर बजार लैजान र बिक्री गर्न पनि रोक लगाएको थियो। त्यस क्रममा एक सय ९४ कार्टुन सेनिटाइजर बिक्रीमा बन्देज गर्दै उत्पादन पूर्ण रुपमा रोकिएको खड्काले जानकारी दिए। उनका अनुसार अनुगमन हुँदा दर्ता र अनुमति बिनानै उद्योग स्थापना गरेर सेनिटाइजर उत्पादन गरिररहेको फेला परेको थियो।

उद्योग बन्द गराउँदै अवैध रुपमा उत्पादित सेनिटाइजरको नमुना भने संकलन गरेर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको निरीक्षक खड्काले बताए। मंगलबार प्राप्त परीक्षण रिपोर्टले अवैध रुपमा उत्पादन भइरहेको सेनिटाइजर गुणस्तरहीन पुष्टि गरेको उनको भनाइ छ। 

ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले गुणस्तरहिन सेनिटाईजर बजारमा लगेको र उपभोक्ताले प्रयोग गरेको भेटिएमा उद्योग सञ्चालकलाई औषधि ऐन २०३५ अनुसार कारबाही अघि बढाइने खड्काले बताए । 


 

प्रकाशित: Nov 11, 2020| 12:13 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।