सोमबार, भदौ १५, २०८३

अर्नब गोस्वामी जमानतमा रिहा

भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी हिरासतबाट रिहा भएका छन्।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी हिरासतबाट रिहा भएका छन्।

आज बुधबार गोस्वामीलाई भारतको सर्वोच्च अदालतले अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको हो। 

आत्महत्या दुरूत्साहन अभियोगमा कात्तिक १९ गते उनी पक्राउ परेका थिए। गोस्वामीलाई तल्लो अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो। त्यसविरूद्ध उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

रिपब्लिक टिभीको स्टुडियो डिजाइन गरेका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीमाथि लागेको छ। 

अर्नब र अन्य दुई जनाले डिजाइनरको पैसा नदिएपछि उनी र उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा महाराष्ट्र सरकारले जाँचको आदेश दिएको थियो। 

अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५ करोड ४० लाख भारू भुक्तान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए। 

गोस्वामीले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: Nov 11, 2020| 11:15 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।