सोमबार, भदौ १५, २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  फेरि सर्‍यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि २८ कात्तिकमा बस्ने जानकारी दिएका छन्।

'२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,' पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुनेछन्।

महाधिवेशनका विषयमा आवश्यक छलफल र निर्णय गर्न बस्ने भनिएको केन्द्रीय समिति बैठक पटक पटक विभिन्न कारणले सर्दै आएको छ।

प्रकाशित: Nov 11, 2020| 11:12 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।