सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यूएनएफपीएद्वारा तथ्यांक विभागलाई सूचना प्रविधि उपकरण सहयोग

यूएनएफपीएद्वारा तथ्यांक विभागलाई सूचना प्रविधि उपकरण सहयोग

यूएनएफपीएद्वारा तथ्यांक विभागलाई सूचना प्रविधि उपकरण सहयोग
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- केन्द्रीय तथ्यांक विभागलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले आज सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ।

यूएनएफपीएले कुल सात करोड २० लाख रुपैयाँ (६ लाख नौ हजार ८७३ अमेरिकी डलर) मूल्य बराबरको पावर ब्यांक र आवश्यक सहायक सामग्रीसहित २,२५० वटा ट्याबलेट, ३५ वटा ल्यापटप, ४७ वटा डेस्कटप, पाँच वटा घुम्तीवर्क स्टेसन, एउटा सर्भर, तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्स सहयोग गरेको हो।

विभाग १२ औं राष्ट्रिय जनगणनाको पूर्वतयारीमा जुटेको छ। जनगणना आगामी जेठ असारमा हुनेछ। यूएनएफपीएले ती उपकरण  बेलायत सरकार (यूकेएड) को अनुदानमा खरिद गरेको थियो। 

नवीन प्रविधिको उपयोगले देशमा बसोबास गर्नेको सङ्ख्या, स्वास्थ्य अवस्था, समस्या तथा सम्भावन र आर्थिक तथा सामाजिक अवस्थालगायतका विवरण संकलन गर्न सहज हुने विश्वास गरिएको छ। 

“सरकारको मार्गनिर्देशन अनुरुप हाम्रा कर्मचारी र उत्तरदाताहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै सबैभन्दा तल्लो प्रशासनिक तहमा रहेको तथ्यांक अभावलाई सम्बोधन गर्ने गरी गणना गर्न प्रतिबद्ध छौं,” विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने। 

सूचनाप्रविधि उपकरणले विभागको पूर्वाधार र क्षमतालाई सुदृढ तुल्याउँदै तथ्यांक संकलनको बहुविधि अवधारणामार्फत जनगणना कार्यसञ्चालनलाई आधुनिकीकरण गर्ने विभागको प्रयासलाई बल पु¥याउन काम गर्ने विश्वास लिइएको छ ।

“गणना तथ्यांक पूर्वाधारको मूलभूत पक्ष हो, यसले देशको संख्यात्मक विवरण प्रदानगर्ने भएकाले जनता र सरकार दुवैका लागि यो बहुमुल्य हुन्छ”, नेपालका लागि यूुएनएफपीए प्रतिनिधि लुब्नाबाकीले भनिन्। 

प्रकाशित: Nov 11, 2020| 11:07 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।