सोमबार, भदौ १५, २०८३

चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

भरतपुर-  चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ। 

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उनले जानकारी दिए। यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ। रासस

प्रकाशित: Nov 11, 2020| 09:40 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।