सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रकको ठक्करबाट ज्यान गुमाउने एउटै मोटरसाइकलमा सवार तीनै जनाको सनाखत

ट्रकको ठक्करबाट ज्यान गुमाउने एउटै मोटरसाइकलमा सवार तीनै जनाको सनाखत

दाङको राप्ती गाउँपालिका ४ मौरीघाटमा मंगलबार राति दुर्घटनामा परि मृत्यु भएका तीन जना युवाको परिचय खुलेको छ। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

दाङ– दाङको राप्ती गाउँपालिका ४ मौरीघाटमा मंगलबार राति दुर्घटनामा परि मृत्यु भएका तीन जना युवाको परिचय खुलेको छ। 

मृतक तीनै जना राप्ती गाउँपालिकाका भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा राप्ती गाउँपालिका २ लालमटियाका १८ वर्षीय कसम पुन,  वडा नम्बर ५ सिसहनियाका १६ वर्षीय मनोज गाहा र राप्ती ८ पिपरीका १८ वर्षीय दिनेश घर्ती रहेका छन्।  

पूर्व–पश्चिम राजमार्गको राप्ती गाउँपालिका ४ मौरीघाटमा मंगलबार राति करिब ८ बजेतिर उनीहरु दुर्घटनामा परेका थिए। 

पश्चिमबाट भालुवाङतर्फ आइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट गइरहेको उनीहरु सवार रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  

दुर्घटनापछि तीनै जना युवाको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काको भनाइ छ।  

उनीहरुलाई उपचारका लागि  लमही अस्पताल लगिए पनि चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए। 

मृतक युवाहरुसँग कुनै कागजात नभएकाले परिचय खुल्न ढिला भएको हो। 

 ट्रक पनि सडकमै पल्टिएकाले दुर्घटनाको कारण तीब्र गति हुनसक्ने अनुमान प्रहरीको छ।  यद्यपि चालक फरार रहेकाले उनी पक्राउ परेपछि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ।  

प्रकाशित: Nov 11, 2020| 03:12 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।