दाङ- दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सबार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा मंगलबार राति ८ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकको खोजी भइरहेको जनाएको छ ।