सोमबार, भदौ १५, २०८३

आठ महिनापछि पोखरामा अल्ट्रालाइट उडान

चैतको सुरुवातसँगै नेपालमा कोरोनाको त्रास बढ्यो। दोस्रो साता अर्थात् ११ चैतबाट सरकारले देशव्यापी लकडाउन गर्यो। कोरोना महामारीका कारण गरिएको लकडाउनले असर नपरेको क्षेत्र कुनै छैन। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

पोखरा– चैतको सुरुवातसँगै नेपालमा कोरोनाको त्रास बढ्यो। दोस्रो साता अर्थात् ११ चैतबाट सरकारले देशव्यापी लकडाउन गर्यो। कोरोना महामारीका कारण गरिएको लकडाउनले असर नपरेको क्षेत्र कुनै छैन। 

तर पर्यटन क्षेत्र भने सहजै उठ्न नसक्ने गरि थलिएको छ। लकडाउन खुलेर असोजयता चहलपहल बढेपछि पर्यटन क्षेत्रमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिन थालेको छ। 

पोखरामा अहिले आन्तरिक पर्यटकको चहलपहल थोरै भए पनि सुरु थएको छ। दसैं आसपासमा त मर्दी हिमाल ट्रेक र माछापुच्छ्रे मोडेल ट्रेकमा थामिनसक्नुको भीड लाग्यो। 

अहिले भने उक्त क्षेत्रमा ट्रेकिङमा आउन ७२ घन्टाभित्रको पीसीआर रिपोर्ट चाहिने भनेर स्थानीयले निर्णय गरेपछि पैदल यात्रामा जानेहरू हच्किएका छन्। 

हावामा कावा खाएर पोखराको मनोरम दृश्यमा रमाउन पाइने प्याराग्लाइङिमा अहिले अचम्मैको भीड लागेको छ। 

बाहिरी सहरका भन्दा पनि पोखरेलीहरू नै बढी झुम्मिन थालेका छन्। आठ हजार रुपैयाँसम्मपर्ने प्याराग्लाइडिङ अहिले तीन हजार रुपैयाँ तिरेर गर्न पाइन्छ। 

सराङकोटबाट उडेका प्यारा हेरेर चित्त बुझाउनेहरू अहिले आफै उडेर रहर मेटिरहेका छन्। 

पोखराको पर्यटनको अर्को पहिचान सावित भइसकेको पुतलीजहाज अर्थात् अल्ट्रालाइट आज (बुधबार) बाट सञ्चालन हुँदै छ। साहसिक पर्यटकको रोजाइमा पर्ने अल्ट्रालाइट चैतदेखि नै बन्द थियो। 

पोखरा अल्ट्रालाइटको पुतलीजहाजले पोखरा एअरपोर्टबाट पहिलो उडान भर्ने गरी तयारी भएको छ। 

सो कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर नागरिक उड्ययन प्राधिकरणको अनुमतिमा उडान सुरु गरिरहेको बताए। 

काठमाडौंलगायत सहरबाट पोखरामा पर्यटक आउन थालेको र पोखराकै बासिन्दाले समेत अल्ट्रालाइटप्रति चासो देखाएकाले सञ्चालन गर्ने जमर्को गरेको उनको भनाइ छ।   

पोखरामा हाल चार वटा अल्ट्रालाइट कम्पनीले पुतली जहाज उडाउँदै आएका छन्। पाइलटका साथमा एक जना बसेर उड्न मिल्छ। बाँकी ३ कम्पनीले पनि विस्तारै उडान भर्ने बताएका छन्। 

पोखरामा सन् १९९६ सालमा नेपालमै पहिलो पटक एभिया क्लबले पोखराको आकाशमा पुतलीजहाज उडाएको हो। 

पुतलीजहाजमा १५ मिनेट उड्न कम्तीमा ७ हजार रुपैयाँ खर्च लाग्छ। फेवाताल, शान्तिस्तूपसहितपोखराको मुख्य बजारको दृश्य १५ मिनेटमा अवलोकन गर्न पाइन्छ। 

पोखरा भ्याली र हिमाली दृश्यावलोकनका लागि यो भन्दा बढी समय र रकम तिर्नुपर्छ। 

जहाज र हेलिकोप्टर उडानबाहेक हाल एभिया क्लब, पोखरा अल्ट्रालाइट र फिस्टेल अल्ट्रालाइट्सले पोखरा विमानस्थललाई आधार बनाएर अल्ट्रालाइट जहाज उडान गरिरहेका छन्। 

एभियासँग ५, पोखरासँग ४ र फिस्टेलसँग ३ वटा अल्ट्रालाइट जहाज सञ्चालनमा छन्। हेलि एअरले पनि पोखरामा अल्ट्रालाइट उडान गर्दै आएको छ। 

पोखरामा सञ्चालित अल्ट्रालाइट कम्पनीले पर्यटकीय मौसममा दैनिक एक सयभन्दा बढी उडान गर्ने गर्छन्। 

लो सिजनमा २० उडानसम्म हुने गरेको छ। यस्तो उडान कम्तीमा १५ मिनेटदेखि ३०, ६० र अधिकतम ९० मिनेटसम्मको हुन्छ। 

पोखरा विमानस्थलमा हवाई चाप अत्यधिक हुँदा अल्ट्रालाइट पनि प्रभावित हुने गरेको छ। 

अल्ट्रालाइट उडानले कहिलेकाँहि जहाजलाई आकाशमै होल्ड गर्नुपरेका उदाहरण पनि छन्। 

    
 

प्रकाशित: Nov 11, 2020| 01:59 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।