सोमबार, भदौ १५, २०८३

बिहारमा एनडीए गठबन्धनलाई नै बहुमत

भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीए गठबन्धनलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीए गठबन्धनलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ।

राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिनेमा एनडीएले १२५ सिट जितेको छ ।

एनडीएलाई टक्कर दिएको महागठबन्धनले ११० सिट जितेको छ। महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ। एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा)ले ७४ सिट जितेको छ। सन् २०१५ मा राजदले ८० र भाजपाले ५३ सिट जितेका थिए।

यस पटकको चुनावमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेडको प्रदर्शन उत्साहजनक रहेन। २०१५ मा ७१ सिट जितेको उक्त पार्टीले यस पटक भने ४३ सिटमात्र जितेको छ।

यसैगरी सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले यस पटक १९ सिट जितेको छ।

चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर बिहारका जनताप्रति आधार व्यक्त गरेका छन्। बिहारका जनताको आशीर्वादबाट एकपटक फेरि लोकतन्त्रको जित भएको उनले उल्लेख गरेका छन्।

यो जनादेशलाई आत्मनिर्भर बिहारको नयाँ रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले ट्विटेका छन्, ‘यो नयाँ दशक बिहारको हुनेछ र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुनेछ। आज बिहारले फेरि दुनियाँलाई लोकतन्त्रको पाठ पढाएको छ। लोकतन्त्र कसरी मजबुत बनाउने भनेर देखाएको छ। बिहारका गरिब, बन्चित र महिलाहरुले पनि ऐतिहासिक मतदान गरेर विकासका लागि आफ्नो निर्णायक फैसला पनि सुनाएका छन्।’

 
 

प्रकाशित: Nov 11, 2020| 01:40 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।